‘नो टाइम टु डाइ’ ट्रेलर, जेम्स बोन्ड रुपमा ड्यानियलको अन्तिम फिल्म



ड्यानियल क्रेग स्टारर फिल्म ‘नो टाइम टु डाइ’को ट्रेलर रिलिज भएको छ । जेम्स बोन्डको रुपमा ड्यानियलको यो अन्तिम फिल्म हो । यो सँगै शृंखलामा ड्यानियलले पाँचौ पटक शिर्ष भूमिका निर्वाह गरेका छन् ।

ब्रिटिश जासुस जेम्स बोन्डको चरित्रमा आधारित शृंखलाको २५ औँ फिल्मको ट्रेलर जबर्जस्त बनेको छ । यो हलिउडको सबैभन्दा लामो सिरिजको रुपमा स्थापित भैसकेको छ ।

क्यारी जोजी फुकुनागाले निर्देशन गरेको ‘नो टाइम टु डाइ’ मा क्रेगसँगै क्रिस्टोफ वाल्ट्ज, रामी मलिक र लिया सिडुलगायतले अभिनय गरेका छन् ।

लेखक इयान फ्लेमिङले शृजना गरेको जेम्स बोन्डको चरित्रमा पहिलो पटक सन् १९६२ मा ‘डाक्टर नो’ निर्माण भएको थियो । त्यसयताले यो सिरिजले सफलताको ५७ वर्ष पार गरिसकेको छ ।

जेम्स बोन्डको रुपमा अहिलेसम्म २५ शृंखलामा ६ कलाकारले अभिनय गरिसकेका छन् । दिवंगत शोन कोनेरीले पहिलो पटक बोन्डको भूमिका निर्वाह गरेका थिए । उनि ६ पटक बोन्डको रुपमा देखिए । यो शृंखलामा सर्वाधिक ७ पटक रोजर मूरले लगातार अभिनय गरे ।

२५ शृंखलासम्म बक्सअफिसमा सर्वाधिक पैसा छाप्ने सिनेमा सन् २०१२ को ‘स्काईफल’ हो । यसले विश्वव्यापी ११ सय मिलियन डलर माथिको कारोबार गर्न सफल भएको थियो । यस्तै पछिल्लो रिलिज सन् २०१५ को ‘स्पेक्टर’ले ८ सय ८० मिलियन बढी कमाएको थियो ।

‘नो टाइम टु डाइ’ले पनि विश्वव्यापी बक्सअफिसमा १ बिलियन डलर माथिको कारोबार गर्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्