बादलको ‘बोलाउ तिमि’ सार्वजनिक



रंगखबर, काठमाडौँ – गायक बादल लिम्बुले नयाँ गीत ‘बोलाउ तिमि’ सार्वजनिक गरेका छन् । आफ्नै संगीत र स्वर रहेको गीतमा भद्रकला आङबुहाङ राईको शब्द रचना छ । भने, गायकीमा अन्जु पन्तले साथ दिएकी छन् ।

हाँस्यरसमा तयार गरिएको गीतको भिडियोमा अभिनेत्री रीमा विश्वकर्मा, लक्षु शर्मा र प्रकाश शर्माले अभिनय गरेका छन् । भिडियोको निर्देशक बियोण्डले गरेको हो ।

विकेश मगरले छायांकन र सम्पादन गरेको भिडियोमा छिरिङमा शेर्पाको शृंगार छ ।

प्रतिक्रिया दिनुहोस्