‘छपाक’ ट्रेलर, लक्ष्मीको पिडा र न्यायको लडाई



रंगखबर, काठमाडौँ-  सन २००५ मा एसिड आक्रमणमा परेकी लक्ष्मी अग्रवालको जीवनीमा आधारित फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । फिल्म दिपिका पादुकोणले लक्ष्मी अग्रवालको भूमिका निभाएकी छिन।  सार्वजनिक ट्रेलरमा लक्ष्मी एसिड आक्रमणमा पर्नु अघि र आक्रमण पछि पाएको दुखलाई देखाउन खोजिएको छ।
ट्रेलर हेर्नुस : 

मेगना गलजारले निर्देशन गरेको फिल्ममा पिडित लक्ष्मीको पिडा र न्यायको लडाईलाई प्रस्तुत गरिएको छ । फिल्ममा  दिपिकासँगै बिक्रम मास्सीको पनि मुख्य भूमिका रहेको छ। आगामी जनवरी १० मा प्रदर्शन हुने फिल्ममा गोविन्द सिंह सन्धु, मेगना गुलजार र दिपिका पादुकोणको लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्