‘सेल्फी किङ्ग’ को ‘जाली रुमाल’ सार्वजनिक



रङ्गखबर, काठमाडौँ: अभिनेता विपिन कार्की अभिनित फिल्म ‘सेल्फी किङ्ग’ को पहिलो गीत सार्वजनिक भएको छ। सार्वजनिक ‘जाली रुमाल’ बोलको गीतमा नायिका केकी अधिकारीले ठुम्का लगाएकी छिन।  लोक शैलीमा निर्माण भएको  गीतमा केकीलाई भीमफेदी गाईजले साथ दिएका छन भने विपिनको पनि सानो झलक देख्न सकिन्छ।  सार्वजनिक गीतमा गाउँमा आयोजित एक सांस्कृतिक कार्यक्रमको माहोललाई देखाईएको छ।  अन्जु पन्त र पुरुषोत्तम सुवेदीको स्वर रहेको गीतमा बि पाण्डेको शब्द, सुभाष भुषालको संगीत भने भीमफेदी गाइजकै निर्मल लामाले कोरियोग्राफी गरेका हुन् ।

बिशाल सापकोटाले निर्देशन गरेको फिल्ममा  बिशालकै लेखन, सुसन प्रजापतिको छायाँकन, जीवन थापाको सम्पादन, सुवास भुषालको संगीत छ । फिल्मलाई सुभाष थापा र निर्देशक दिनेश राउतले संयुक्त रुपमा  निर्माण गरेका हुन् ।
विपिनसँगै फिल्म लक्ष्मी बर्देवा, भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविनबाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायत काकलाकारको अभिनय छ भने केकी सार्वजनिक गीतमा मात्र देखा पर्नेछिन।  फिल्म माघ २४ गतेबाट देशभर प्रदर्शनमा आउँने छ।

प्रतिक्रिया दिनुहोस्