रहेनन् चलचित्र बिकास बोर्ड अध्यक्ष केशव भट्टराई



रंगखबर, काठमाडौँ – चलचित्र बिकास बोर्ड अध्यक्ष केशव भट्टराईको निधन भएको छ । चाबहिलस्थित ओम अस्पतालले आइतबार राती करिब साढे १० बजे तिर भट्टराईको निधन भएको बताएको छ ।

२०२५ साल मंसिर ४ गते ओखलढुङ्गामा जन्मिएका भट्टराई मात्र ५४ वर्षका थिए ।

अहिले भट्टराईको पार्थिव शरीरलाई पोष्टमार्टमको लागि टिचिङ अस्पताल महाराजगञ्जमा राखिएको छ । निधनबारे अहिलेसम्म आधिकारिक सुचना बाहिर आएको छैन । पोष्टमार्टम पश्चात निधनको कारण पत्ता लाग्ने बताइएको छ ।

करिब ८ महिना अगाडी चलचित्र बिकास बोर्डको अध्यक्ष पदमा नियुक्त भएका भट्टराई कुशल अभिनेता र चर्चित निर्मातासमेत हुन् ।

२ सय भन्दा बढी फिल्ममा अभिनय गरेका भट्टराईले यो क्षेत्रमा झन्डै ३ दशक बिताए । गत वर्षको अन्तिममा उनले निर्माण गरेको फिल्म ‘यात्रा – अ म्युजिकल भ्लग’ रिलिज भएको थियो ।

‘आफ्नो मान्छे’, ‘छोडी गए पाप लाग्ला’, ‘देवर बाबु’, ‘कर्मयोद्दा’, ‘सो सिम्पल’, ‘ब्रासलेट’, ‘यात्रा’ उनले निर्माण गरेका चर्चित फिल्म हुन् ।

प्रतिक्रिया दिनुहोस्