दयाहाङ र बुद्दिको ‘नीरफुल’ फागुनमा



रंगखबर, काठमाडौँ – भुकम्पका कारण विछोडिएका एक परिवारको प्रेमकथामा आधारित फिल्म ‘नीरफुल’को नयाँ रिलिज डेट तय गरिएको छ । संचारकर्मी फूलमान वलले निर्देशन गरेको फिल्ममा दयाहाङ राई, शान्ति वाइबा र जिग्मे छ्योइकी घिसिङले मुख्य भूमिका निर्वाह गरेका छन् ।

यसअघि भदौ २७ मा रीज हुने भनिएको फिल्म प्राविधिक कारण पछाडी सरेको थियो । अन्तत: निर्माण पक्षले फागुन ३० लाई नयाँ रिलिज घोषणा गरेको हो ।

रेखा थापाले विशेष भूमिका निर्वाह गरेको फिल्ममा बुद्दी तामाङ, पुष्कर गुरुङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरीलगायतका कलाकारको पनि अभिनय छ ।

धादिङ जिल्लाको रुबी भ्यालीको भूगोल र संस्कृतिलाई फिल्ममा उतारेको निर्देशक वलले बताए । वल फिल्मका पटकथाकार पनि हुन् । उनलाई पटकथा लेखनमा सचिन घिमिरेले सघाएका छन् ।

फ्रेण्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्ममा प्रमोद कार्कीको छायांकन, अर्जुन पोखरेलको संगीत र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्