रहेनन् वरिष्ठ हास्यकलाकार आनन्द थापा



वरिष्ठ हास्यकलाकार आनन्द थापाको निधन भएको छ । मंगलबार राती थापाको ८० वर्षको उमेरमा निधन भएको हो । उनि दुई वर्षदेखि प्यारालाइसिसबाट ग्रसित थिए ।

दर्जनौं फिल्ममा अभिनय गरेका थापाले गाइजात्रा महोत्सवमा हास्यव्यंग्य, नाटक तथा टेलिफिल्मको लेखन तथा निर्देशन पनि गरेका छन् । ‘मनको बाँध’बाट अभिनय यात्रा थालनी गरेका थापाले ‘वरदान’, ‘कुमारी’, ‘कान्छी’, ‘मायाप्रीति’, ‘अचानक’लगायतका फिल्ममा अभिनय गरेका थिए ।

कलाकार थापाको पार्थिव शरीरलाई बुधबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिनेछ । थापाको निधन पछि सिनेमाका चर्चित व्यक्तित्वले श्रद्धाञ्जलीले अर्पण गरेका छन् ।

यसै साता कलाकार दीपक क्षेत्री र चलचित्र बिकास बोर्ड अध्यक्ष केशब भट्टराईको पनि निधन भएको थियो । लगातार चर्चित कलाकारको निधनले अहिले फिल्म क्षेत्र स्तब्ध बनेको छ ।

प्रतिक्रिया दिनुहोस्