‘चालबाज’मा वर्षाले रिप्लेस गरिन केकीलाई



रंगखबर, काठमाडौँ – फिल्म ‘चालबाज’ कास्टिङका कारण चर्चामा छ । दार्जिलिङमा छायांकन भैरहेको फिल्ममा अब अभिनेत्री वर्षा सिवाकोटीको इन्ट्री भएको छ । उनले अभिनेत्री केकी अधिकारीलाई रेप्लेस गर्दै फिल्ममा स्थान पाएकी हुन् ।

केकीले भने छायांकनरत फिल्म ‘झिङ्गेदाउ’का कारण ‘चालबाज’ छोडेको बताएकी छन् । फिल्ममा केकीको ठाउँमा अब वर्षाले काम गर्नेछिन् । वर्षाले फिल्ममा आफ्नो भूमिका सशक्त रहेको बताएकी छन् ।

यो फिल्ममा यसभन्दा अगाडी पनि कलाकार परिवर्तनको कार्य भैसकेको छ । नव-कलाकार अविनाश प्रधानको मुख्य भूमिकामा पुष्प खड्का भित्रिएका थिए । अविनाशले फिल्म छोडेपछि पुष्पले मौका पाएका थिए । पुष्पले फिल्ममा जोडिन पाउँदा खुसि व्यक्त गरेका छन् ।

अरुण तामाङले निर्माण गरिरहेको फिल्मलाई कैलाश गुरुङले निर्देशन गर्दैछन् । फिल्मलाई सौरभ लामाले खिच्दैछन् ।

यस्तै वर्षा अर्को फिल्म ‘सुदुर’मा पनि अनुबन्धित भएको खबर छ । रमेश बुढाथोकीले निर्देशन गर्ने फिल्मको लागि आधिकारिक बोलि भने फुटेको छैन ।

तस्विर: सम्बन्धित कलाकारको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्