मिथिलाको ‘आमा’ ट्रेलर, मनछुने संवाद र अभिनयको समिश्रण



रंगखबर, काठमाडौँ – मिथिला शर्मा, सुरक्षा पन्त स्टारर फिल्म ‘आमा’को ट्रेलर रिलिज भएको छ । सार्वजनिक ट्रेलर यी दुई कलाकारको वरिपरि घुम्छ ।

३ मिनेट ४८ सेकेण्ड लामो ट्रेलरमा आमाको भावना र उनले गर्न सक्ने त्याग देखाइएको छ । शिर्ष भूमिका निर्वाह गरेकी मिथिला र छोरीको भूमिकामा देखिएकी सुरक्षाको अभिनयले मन छुन्छ ।

ट्रेलरमा केहि घतलाग्दा संवाद पनि छन् । देशभक्त खनाल (सुरक्षाको पिता) दुर्घटनामा घाइते भएपछी उनलाई बचाउन गर्ने संघर्षको कथामा फिल्म प्रस्तुत छ ।

फिल्मको लेखन, निर्देशन र छायांकन दीपेन्द्र के खनालले गरेका हुन् । फिल्ममा सरिता गिरी, मनिष निरौला, लक्ष्मी भुषाल, टिका पहारी, पदमप्रसाद पौडेल, आशान्त शर्मालगायतका कलाकारको अभिनय छ ।

डिएस डिजिटलको व्यानरमा निर्मित फिल्म फागुन ९ गते रिलिज हुँदैछ । शर्मिला पाण्डेले निर्माण गरेको फिल्ममा सुभाष भुसालको संगीत र दिर्घ खड्काको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्