सेन्टी भाइरस गीत: जम्बो टिमसँग अञ्जलीको कसिलो ठुम्का



रंगखबर, काठमाडौँ – रामबाबु गुरुङ निर्देशित फिल्म ‘सेन्टी भाइरस’को गीत सार्वजनिक गरिएको छ । ‘फनफनी’ बोलको शिर्षकमा मोडल अञ्जली अधिकारीले कसिलो ठुम्का लगाएकी छन् ।

गीतमा अञ्जलीलाई फिल्मका कलाकार दयाहाङ राई, विल्सनविक्रम राई र बुद्दि तामाङले साथ दिएका छन् । भने, सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)को ड्रिम सिन राखिएको छ । गीतको कोरियोग्राफी शंकर बिसीले गरेका हुन् ।

डिपी खनालको शब्द रचना गरेको गीतमा शंकर थापा स्माइलको संगीत छ । भने, कालीप्रसाद बाँस्कोटा र मेलिना राईको स्वर छ ।

धुर्मुस-सुन्तलीको प्रस्तुतिमा निर्माण भएको फिल्ममा बुद्दि तामाङ, राजाराम पौडेल, बसन्त भट्ट, कमलमणि नेपाल, सन्दीप क्षेत्रीलगायतका कलाकारको पनि अभिनय छ । फिल्मको कथा कुमार कट्टेल र दीपक आचार्यको हो ।

सुबिहानी फिल्मस् प्रालिको व्यानरमा निर्माण भएको फिल्ममा डिन्डू लामा ह्याल्मोले लगानी गरेका छन् । फुर्पा ह्याल्मो फिल्मको सह-निर्माता हुन् ।

फागुन ९ गते रिलिज हुने फिल्ममा राजनराज सिवाकोटी/शंकर थापा/कालीप्रसाद बाँस्कोटा/सुशान्त गौतमको सयुंक्त संगीत, शैलेन्द्र ध्वज कार्कीको छायांकन र निमेष श्रेष्ठको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्