सिनेस्टार अवार्ड मनोनयन: ‘छक्का पन्जा ३’ र ‘प्रसाद’को वर्चश्व (पूर्णसुची)



रंगखबर, काठमाडौँ – ‘सिने स्टार अवार्ड २०२०’को उत्कृष्ट तीनको मनोनयन सार्वजनिक गरिएको छ । १२ विधामा ‘छक्का पन्जा ३’ र ‘प्रसाद’ बीच कडा प्रतिष्पर्धा देखिएको छ ।

छक्का पन्जा ३’ सर्वाधिक ८ विधामा मनोनित हुँदा ‘प्रसाद’ले ७ विधामा आफुलाई प्रस्तुत गरेको छ । भने, ‘बुलबुल’ ५ विधामा मनोनित छ ।

अवार्डको उत्कृष्ट फिल्म तर्फ ‘बुलबुल’, ‘प्रसाद’ र ‘छक्का पन्जा ३’को प्रतिष्पर्धा देखिएको छ । यी तीन फिल्मबाट निर्देशकमा क्रमस… बिनोद पौडेल, दिनेश राउत र दीपाश्री निरौला मनोनयनमा परेका छन् ।

यस्तै अभिनेता तर्फ ‘ए मेरो हजुर ३’बाट अनमोल केसी, ‘प्रसाद’बाट बिपिन कार्की र ‘यात्रा: अ म्युजिकल भ्लग’बाट सलिनमान बनियाँ प्रतिष्पर्धामा छन् । भने’ अभिनेत्रीमा नम्रता श्रेष्ठ ‘प्रसाद’, सृष्टि श्रेष्ठ ‘रोमियो एण्ड मुना’ र स्वस्तिमा खड्का ‘बुलबुल’बाट मनोनित भएका छन् ।

हिल्सा इन्टरटेनमेन्ट प्रालिको आयोजनामा सम्पन्न हुने अवार्डमा १२ विधासँगै जुरी र लाइफटाइम एचिभमेन्ट अवार्ड पनि प्रदान गरिनेछ । जुरी र लाइफटाइम एचिभमेन्ट अवार्ड निर्णायक र आयोजकको निर्णयमा प्रदान गरिने बताइएको छ ।

फेब्रुअरी २२ तारिखमा क्यानडाको टोरन्टोमा आयोजना हुने समारोहको लागि विहिबार राजधानीमा एक प्रेसमिट गर्दै आयोजकले उत्कृष्ट तीनमा मनोनित स्रष्टालाई प्रमाणपत्र बाँड्यो ।

कार्यक्रममा बोल्दै आयोजक हिल्सा इन्टरटेन्मेन्ट प्रमुख प्रतिक बुढाथोकीले राष्ट्रका गहना मानिने कलाकारहरु र सामाजिक मार्ग निर्देशक बन्दै आइरहेको फिल्मी क्षेत्रलाई सम्मान गर्न पाउनु गर्वको विषय बनेको बताए । उनले नेपाली फिल्मको बजार विस्तार र अन्तर्राष्ट्रियकरणमा विदेशी भुमीमा हुन लागेको यो अवार्डले सघाउ पुर्याउने विश्वास पनि पोखे । नेपाल सरकारले मनाउँदै गरेको ‘भ्रमण बर्ष २०२०’को सफलतामा पनि नेपाली कलाकर्मीको सहभागीतामा क्यानडामा हुने यो कार्यक्रमले हातेमालो गर्ने अपेक्षा आयोजकको छ ।

टप ३ मनोनयनको पुरा सुची

उत्कृष्ट सम्पादन
बनिश शाह र मिलन श्रेष्ठ – रामकहानी
निमेष श्रेष्ठ – साइँली
बिपिन मल्ल – छक्का पन्जा ३

उत्कृष्ट पटकथा
दीपकराज गिरी – छक्का पन्जा ३
सुशील पौडेल – प्रसाद
बिनोद पौडेल – बुलबुल

उत्कृष्ट पार्श्वगायिका
प्रविशा अधिकारी – फुल होइन काँडा – रोज
विन्दु परियार – पहिलो नम्बरमा – छक्का पन्जा ३
अन्जु पन्त – बनकी चरी – प्रसाद

उत्कृष्ट पार्श्वगायक
प्रताप दास – फुल होइन काँडा – रोज
सुगम पोखरेल – जिन्दगी नै भन्दिन – ए मेरो हजुर ३
रुपक डोटेल – बनकी चरी – प्रसाद

उत्कृष्ट संगीतकार
एलिश कार्की – रोज
बसन्त सापकोटा – नाइँ नभन्नु ल ५
दीपक शर्मा – छक्का पन्जा ३

उत्कृष्ट छायाँकार
मानकृष्ण महर्जन – छिरिङ
आलोक शुक्ला – लभ स्टेशन
पुरुषोत्तम प्रधान – छक्का पन्जा ३

उत्कृष्ट सह-अभिनेत्री
लक्ष्मी वर्देवा – बुलबुल
सुरक्षा पन्त – गोपी
प्रियंका कार्की – नाइँ नभन्नु ल ५

उत्कृष्ट सह-अभिनेता
सलोन बस्नेत – ए मेरो हजुर ३
सौगात मल्ल – जय भोले
केदार घिमिरे – छक्का पन्जा ३

उत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ – प्रसाद
सृष्टि श्रेष्ठ – रोमियो एण्ड मुना
स्वस्तिमा खड्का – बुलबुल

उत्कृष्ट अभिनेता
अनमोल केसी – ए मेरो हजुर ३
सलिनमान बनियाँ – यात्रा: अ म्युजिकल भ्लग
बिपिन कार्की – प्रसाद

उत्कृष्ट निर्देशक
बिनोद पौडेल – बुलबुल
दीपाश्री निरौला – छक्का पन्जा ३
दिनेश राउत – प्रसाद

उत्कृष्ट फिल्म
प्रसाद
बुलबुल
छक्का पन्जा ३

प्रतिक्रिया दिनुहोस्