वर्षाको ‘मलमल सारी’मा मक्ख पल र युवराज



रंगखबर, काठमाडौँ – गायक युवराज चौलागाईंले नयाँ गीत सार्वजनिक गरेका छन् । ‘मलमल सारी’ बोलको गीतमा चौलागाईंकै स्वर/संगीत छ ।

गीतमा पल शाह, वर्षा राउतसँगै युवराज स्वयम् फिचर्ड छन् । गोपी श्रेष्ठ र अनुष्का पाठकको शब्द रचनामा राजन इशानको एरेञ्ज छ ।

कविराज गहतराजले निर्देशन गरेको गीतको भिडियोमा सुदिप बरालको छायांकन र अर्जुन जिसीको सम्पादन छ ।

प्रतिक्रिया दिनुहोस्