ऋचा शर्मालाई मातृशोक



अभिनेत्री ऋचा शर्मा मातृशोकमा परेकी छन् । शुक्रबार राती उनकी आमा रीनादेवी शर्माको निधन भएको हो । लामो समयदेखि अस्वस्थ रहेकी रीनादेवी ६७ वर्षकी थिइन् ।

केहि साता अगाडी मात्रै ऋचा वैवाहिक जीवनमा बाँधिदै गर्दा रीनादेवीको अस्पतालमा उपचार भैरहेको थियो । एकतर्फ विवाहको चटारो, अर्कोतर्फ अस्पतालमा आमालाई हेरचाह गर्नु पर्दा ऋचाले तनावमा रहेको बताइएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्