कामनामा ‘प्रसाद’को वर्चश्व, कुन फिल्मले कति अवार्ड जिते ? (सुची)



रंगखबर, काठमाडौँ – पाँचौ संस्करणको ‘सिजी कामना अवार्ड – २०७६’ राजधानीमा सम्पन्न भएको छ । प्रतिष्पर्धाका कुल २६ विधामा वितरण गरिएको अवार्ड समारोहमा फिल्म ‘प्रसाद’ उत्कृष्ट ठहरियो ।

फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री र पटकथाका मुख्य पाँच विधामा अवार्ड चुमेको ‘प्रसाद’ उत्कृष्ट ठहरिएको हो । यस्तै ‘नाइँ नभन्नु ल ५’ले पनि छायांकन, संगीत, गीतकार, बालकलाकार र सह-अभिनेत्रीसहित पाँच विधामा अवार्ड जित्यो ।

गत वर्षको सर्वाधिक ग्रसर ‘छक्का पन्जा ३’सहित ‘डमरुको डण्डीबियो’ले समान ४/४ विधामा पकड जमाए । भने, ‘साइँली’ले २ विधाको अवार्ड आफ्नो पोल्टामा पार्यो ।

यस्तै ‘ए मेरो हजुर ३’, ‘चक्कर’, ‘भिलेन’, ‘बाँध मायाले’, ‘कथा काठमाडौँ’ र ‘बोबी’ले समान १/१ विधामा अवार्ड जिते ।

ललितपुर सानेपास्थित हेरिटेज गार्डेनमा आयोजित अवार्डमा वर्षकै उत्कृष्ट प्रयोगात्मक फिल्मको रुपमा ‘हरी’लाई जुरी अवार्ड प्रदान गरियो । भने, स्वस्तिमा खड्काले पपुलर च्वाइस अवार्ड आफ्नो पोल्टामा पारिन् ।

सिनेकर्मीको बाक्लो उपस्थितिका विच निर शाह र सन्तु तामाङलाई क्रमस… कला र प्राविधिक तर्फको लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित गरियो ।

यस्तै इमेज ग्रुप अफ कम्पनिज का आर. के मानन्धरलाई पुस्करलाल मिडिया अवार्डबाट सम्मानित गरिदा भरतलाल ह्युम्यानिटेरियन अवार्ड लायन सोनाम साङ्पोलाई प्रदान गरियो ।

संगीतको क्रिटिक्स अवार्ड न्ह्यु बज्रचार्यले जित्दा फेसन तर्फको अवार्ड ज्ञानी शोभा तुलाधरलाई प्रदान गरियो । यस्तै क्रिटिक्स थियटरको अवार्ड सृजना सुब्बाले जितिन् ।

अवार्ड विजेताहरुको पूर्ण सुची

श्रृंगार: श्याम लामा – चक्कर
ध्वनि मिश्रण: सुनयमान श्रेष्ठ – छक्का पञ्जा ३
पार्श्व संगीत: एलिष कार्की – डमरुको डण्डीबियो
सम्पादन: निमेष श्रेष्ठ – डमरुको डण्डीवियो
छायांकन: पुरुषोत्तम प्रधान – नाइँ नभन्नु ल ५

द्वन्द्व निर्देशन: शुक्रराज शाह – भिलेन
नृत्य निर्देशन: कविराज गहतराज (पहिलो नम्वरमा) – छक्का पञ्जा ३
पार्श्व गायन (महिला): अञ्जु पन्त (सँगसँगै) – बाँध मायाले
पार्श्व गायन (पुरुष): हेमन्त राना(बगी रहें) – साइँली
संगीत: वसन्त सापकोटा (तिम्रो आँखामा) – नाइँ नभन्न ल ५

गीतकार: दिनेश थपलिया (तिम्रो आँखामा) – नाइँ नभन्न ल ५
संवाद: दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र यमन श्रेष्ठ – छक्का पञ्जा ३
पटकथा: सुशील पौडेल – प्रसाद
कथा: खगेन्द्र लामिछाने – डमरुको डण्डिवियो
बालकलाकार: सेड्रिना शर्मा – नाइँ नभन्नु ल ५

खलपात्र: प्रमोद अग्रहरी – कथा काठमाडौं
हास्य कलाकार: केदार घिमिरे – छक्का पञ्जा ३
सह-अभिनेत्री: प्रियंका कार्की – नाइँ नभन्नु ल ५
सह-अभिनेता: दयाहाङ राई – साइँली
नव-अभिनेत्री: सुहाना थापा – ए मेरो हजुर ३

नव-अभिनेता: उमेश थापा – बोबी
नव-निर्देशक: छेतन गुरुङ – डमरुको डण्डिवियो
अभिनेत्री: नम्रता श्रेष्ठ – प्रसाद
अभिनेता: विपिन कार्की – प्रसाद
निर्देशक: दिनेश राउत – प्रसाद
सिनेमा: प्रसाद

जुरी अवार्ड: हरी
पपुलर च्वाइस अवार्ड: स्वस्तिमा खड्का
क्रिटिक्स अवार्ड (संगीत): न्ह्यु बज्रचार्य
क्रिटिक्स अवार्ड (फेसन): ज्ञानी शोभा तुलाधर
क्रिटिक्स अवार्ड (थियटर): सिर्जना सुब्बा

पुस्करलाल मिडिया अवार्ड: आर. के मानन्धर – इमेज ग्रुप अफ कम्पनिज
भरतलाल ह्युम्यानिटेरियन अवार्ड: लायन सोनाम साङ्पो
लाइफटाइम एचिभमेन्ट अवार्ड (कला): निर शाह
लाइफटाइम एचिभमेन्ट अवार्ड (प्राविधिक): सन्तु तामाङ

प्रतिक्रिया दिनुहोस्