नाजिरले ल्याएँ ‘प्रेम गर्ने जन्तर’



रंगखबर, काठमाडौँ – अभिनेता नाजिर हुसेन फिचर्ड नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । ‘प्रेम गर्ने जन्तर’ बोलको गीतमा नाजिरलाई सरुसा महर्जनले साथ दिएकी छन् ।

जन्तर बाँधेपछि प्रेम सफल हुने भाव बोकेको हास्यरसयुक्त गीतमा दीपक महर्जनको स्वर छ । शृजना किरण पहाडीको शब्द, संगीतमा तयार गीतमा महेन्द्र निरौला र वृहस्मन सुनुवारको कोरियोग्राफी छ ।

हरि घले मगरले खिचेको म्युजिक भिडियो निर्देशन रोशन श्रेष्ठको हो । भने, सुरेश बाडेले भिडियो सम्पादन गरेका हुन् ।

अभिनयमा पोख्त नाजिरका पछिल्लो समय लगातार फिल्म असफल हुँदा उनि म्युजिक भिडियो तिर केन्द्रित भएका छन् । तर, म्युजिक भिडियोमा फिल्ममा जस्तो असफल बन्नु परेको छैन ।

https://youtu.be/ZtUh3zqM9Sc

प्रतिक्रिया दिनुहोस्