बलबहादुरको ‘पछुताउनु पर्ला’ सार्वजनिक



रंगखबर, काठमाडौँ – गायक बलबहादुर राजबंशीले नयाँ गीत ‘पछुताउनु पर्ला’ सार्वजनिक गरेका छन् । डा. राजुबाबु श्रेष्ठको शब्द रहेको गीतमा हरी लम्सालले संगीत भरेका छन् ।

पोखराको मनोरम दृश्यमा खिचिएको गीतमा क्रिस्टल क्लाउजले नृत्य पस्केको छ । गीतको निर्देशन संदेशजंग राणाले गरेका हुन् ।

पछिल्लो समय ‘द भ्वाइस अफ नेपाल – सिजन २’बाट चर्चामा आएका राजबंशीले अघिल्ला गीतमा जस्तै दर्शकको साथ यो गीतबाट पनि अपेक्षा परेको बताए । विगत ८ वर्षदेखि संगीतमा अनवरत राजबंशीले झन्डै सय बढी गीतमा आवाज भरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्