‘लक्का जवान’ शिर्ष गीत रिलिज



रंगखबर, काठमाडौँ – फिल्म ‘लक्का जवान’को शिर्ष गीत सार्वजनिक गरिएको छ । हास्य कलाकार शिवहरी पौड्यालको डेब्यु निर्देशनबाट प्रचार स्वरुप पहिलो गीत सार्वजनिक गरिएको हो ।

बाबुल गिरीको संगीतमा तयार गीतमा लगभग फिल्मका सबै कलाकार अटाएका छन् । बाबुल र मीना निरौलाले गाएको गीतमा कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । गीतको शब्द रचना डिपी खनालको हो ।

शिवहरीकै कथा, पटकथा र संवाद रहेको फिल्ममा सरोज खनाल, दीलिप रायमाझी, प्रियंका कार्की, सलोन बस्नेत, वर्षा सिवाकोटी, शिवहरी पौड्याल, राजाराम पौडेल, सुशील पोखरेल, सुरेन्द्र केसी, जयनन्द लामा, अन्सुया श्रेष्ठ ओन्ता, सबिता गुरुङ, अन्जु महर्जनलगायतका कलाकारको अभिनय छ ।

किरण केसी, शिवराम पौड्याल र दीलिप रायमाझीको कार्यकारी निर्माण रहेको फिल्ममा पुरुषोत्तम प्रधानको छायांकन, र मित्र डी गुरुङको सम्पादन छ ।

चैत २१ गते रिलिज हुने फिल्मको निर्माता अन्सुया श्रेष्ठ ओन्ता हुन् । सह-निर्मातामा सुशील अर्याल, डेजी अर्याल, राजाराम पौडेल, राज केसी, सुरेन्द्र केसी र दीपेन्द्र खनियाँ छन् ।

प्रतिक्रिया दिनुहोस्