‘ताकतवर’ ट्रेलरमा हत्यारा सविन !



रंगखबर, काठमाडौँ – गजेन्द्र रञ्‍जित निर्देशित फिल्म ताकतवरको ट्रेलर सार्वजनिक भएको छ । एक्सन लभस्टोरी फिल्ममा अभिनेता सविन श्रेष्ठ मुख्य भूमिकामा छन् ।

सुनिल प्रकाश श्रेष्ठको लेखन रहेको फिल्ममा सविनसँगै धुर्व कोइराला, महिमा सिलवाल, शेखर सुवेदी, रिजा भुषाललगायतका कलाकारको अभिनय छ ।

रामेश्वर हुमागाईंले खिचेको फिल्ममा चन्द्र पन्तको द्वन्द्ध, सुर्य किरण लामाको संगीत र मित्र डि गुरुङको सम्पादन छ ।

फिल्ममा निर्देशक रञ्‍जितसँगै आरती शाहीको लगानी छ । भने, सह-लगानीकर्तामा नारायण कृष्ण महर्जन, सुनिल विष्ट (गौले) र बद्रि फुयाँल छन् ।

रिलिज मिति तय नभएको फिल्मलाई चैत दोस्रो साता प्रदर्शनमा ल्याउने लक्ष्य रहेको निर्माण पक्षले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्