‘दि कर्मा’को रोमान्टिक नम्बर ‘साना साना सपना’ रिलिज



रंगखबर, काठमाडौँ – माघ १७ गते रिलिज हुने फिल्म ‘दि कर्मा’को नयाँ गीत सार्वजनिक गरिएको छ । ‘साना साना सपना’ बोलको रोमान्टिक नम्बरमा कलाकार जयराज रोय र संगीता नापित फिचर्ड छन् ।

गीतमा मानसविक्रम थापा र अंकित बाबु अधिकारीको संगीत छ । मानसविक्रमकै शब्द रचनामा केतन क्षेत्रीले स्वर दिएका छन् । भने, भिडियो कोरियोग्राफीमा रामजी लामिछानेले काम गरेका छन् ।

देवकुमार श्रेष्ठले निर्देशन गरेको फिल्ममा सुशील पोखरेलको पटकथा छ । फिल्मले नेपाल र भारत सिनेमामा हुने घटनाका विषयलाई पर्दामा उतारेको छ ।

जयराज रोय, श्रीदेव बिएल र निशा खतिवडाले निर्माण गरेको फिल्ममा नीता ढुंगाना, परमिता आरएल राणा, बुद्दि तामाङ, करण वर्मा, जयराज रोय, संगीता नापित, अनुप सक्सेनालगायतका कलाकारको अभिनय छ ।

सिनेमा ‘दि कर्मा’को नयाँ गीत सार्वजनिक गरिएको छ । रोमान्टिक नम्बर ‘साना साना सपना’मा कलाकार जयराज रोय र संगीता नापितको प्रेम समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्