‘म यस्तो गीत गाउँछु २’को गीतमा पूजा र एलिशासँग पलको रोमान्स



रंगखबर, काठमाडौँ – सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’को तेस्रो गीत सार्वजनिक गरिएको छ । दुई गीतले सफलता पाइसकेपछि निर्माण पक्षले ‘कसम कसम’ बोलको डान्सिङ बिट दर्शक माँझ ल्याएको हो ।

अर्जुन पोखरेलले संगीत दिएको गीतमा कलाकार पल शाह, पूजा शर्मा र एलिशा शर्मा फिचर्ड छन् । रामजी लामिछानेले कोरियोग्राफी गरेको भिडियो कलरफुल बनाएको छ । दिनेशराज पुरीको शब्द रचनामा सुगम पोखरेलले आवाज दिएका छन् ।

शिवम अधिकारी र दिनेश न्यौपानेको पटकथामा पूजा र पलसँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरी, सोनीका रोकायलगायतका कलाकारको अभिनय छ । फिल्म फागुन २३ देखि अलनेपाल रिलिज हुँदैछ ।

निर्देशक थापा र अभिनेत्री शर्माले निर्माण गरेको फिल्ममा सौरभ लामाको छायांकन, अर्जुन पोखरेलको संगीत र बनिश शाह/मिलन श्रेष्ठको सम्पादन छ । फिल्मको सह-निर्मातामा जन्मजय सम्पाङ राई छन् ।

प्रतिक्रिया दिनुहोस्