सौगात र दीयाको ‘मन्त्र’ फस्टलुक रिलिज



सौगात मल्ल स्टारर फिल्म ‘मन्त्र’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । खिल बहादुर गुरुङले निर्देशन गरेको फिल्मले हिमाली भेगको कथा उठाएको छ ।

फस्टलुकमा कुनै पनि कलाकारलाई स्थान दिइएको छैन । लभस्टोरी जनरामा सौगातसँगै दीया पुन, बुद्धी तामाङ, नमिता घिसिङ, वीर बहादुर लामालगायतको मुख्य भूमिका छ ।

मुभी र्याकको व्यानरमा निर्मित फिल्ममा संजय लामाको छायांकन, मित्र डी गुरुङको सम्पादन र शम्भुजित बाँस्कोटा/सन्तोष सुनारको संगीत छ ।

देवेन्द्र मानन्धर कार्यकारी निर्माता रहेको फिल्मको निर्माता मनोज राजभण्डारी हुन् । भने, सह -निर्मातामा रविराज कार्की, सुरेश कार्की, वीर बहादुर लामा, शुभ श्रेष्ठ छन् । फिल्मको रिलिज डेट भने तय भैसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्