श्वेताले गरिन ब्युटी पार्लर उद्घाटन



अभिनेत्री तथा निर्मात्री श्वेता खड्काले ‘मायाज ब्यूटी पार्लर एण्ड ट्रेनिङ सेन्टर’को चौथों शाखा उद्घाटन गरेकी छन् । २१ वर्ष भन्दा बढी समयदेखि ब्युटिसियन सेवा प्रदान गर्दै आएकी गीता गिरीले शनिबारदेखि काठमाडौँको कलंकीमा यो पार्लर संचालनमा ल्याएकी हुन् ।

अन्तर्राष्ट्रिय स्तरको हेयर स्टाइल, ट्रेनिङ, मेकअप, सेल्फ मेकअपलगायतको तालिम दिइने पार्लरको श्वेताले रिबन र केक काटेर उद्घाटन गरेकी हुन् । रिबन काटिसकेपछि श्वेताले पार्लर सफलताको शुभकामना व्यक्त गरिन ।

बानेश्वरमा अवस्थित मायाजको दोस्रो शाखा अभिनेत्री संचिता लुइँटेलले उद्घाटन गरेकी थिइन् । भने, लगनखेलको तेस्रो शाखाको रिबन अभिनेत्रीको वर्षा सिवाकोटीले काटेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्