ट्रेन्डिङ शिर्ष स्थानमा ‘हात्ती ढुंगामा’, पायो ९२ प्रतिशत लाइक



रंगखबर, काठमाडौँ – फिल्म ‘प्रेमगीत ३’को पहिलो सार्वजनिक गीत ‘हात्ती ढुंगामा’ले युट्युब ट्रेन्डिङको शिर्ष स्थान कब्जा गरेको छ । दुई दिन अगाडी रिलिज भएको गीतले दुई सातादेखि नम्बर १ स्थान ओगटेको साउथ इण्डियन फिल्म ‘डियर कमरेड’लाई उछिन्न सफल भएको हो ।

‘हात्ती ढुंगामा’ शिर्ष स्थानमा उक्लिएसँगै ‘डियर कमरेड’ ट्रेन्डिङबाटै बाहिरिएको छ । यसलाई धेरैले ‘डियर कमरेड’को ट्रेन्डिङ समय सकिएको बताएका छन् । त्यसैले ‘हात्ती ढुंगामा’ले शिर्ष स्थान हाँसिल गरेको हो ।

गीतमा अभिनेता प्रदीप खड्का र नव-अभिनेत्री क्रिष्टिना गुरुङको केमेस्ट्री सुहाएको छ । क्रिष्टिनाले पहिलो कोसेली दर्शक माझ पुर्याउँदा स्वागत पाएकी छन् ।

११ लाख बढी भ्युज बटुलिसकेको ‘हात्ती ढुंगामा’मा ७ हजार ५०० बढी प्रतिक्रिया आएका छन् । जसमा प्राय सकारात्मक छन् । भिडियोमा ९२.५१ प्रतिशत लाइक छ । पछिल्लो समय रिलिज भएका गीतहरु मध्ये यो लाइक अनुपात भने कमजोर हो । ट्रेन्डिङ नाप्ने अधिकांस भिडियोले ९५ प्रतिशत भन्दा माथि लाइक पाउने गरेका छन् ।

हर्क साउदको शब्द, कल्याण सिंहको संगीत रहेको गीतमा मेलिना राई र सागर आलेले आवाज दिएका छन् । भिडियोको तुलनामा गीतको अडियो अलिक कमजोर मानिएको छ । गीतको भिडियो कोरियोग्राफी कविराज गहतराजले गरेका हुन् ।

छेतेन गुरुङ र सन्तोष सेनले निर्देशन गरेको फिल्ममा शिव श्रेष्ठ, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, मनिष राउत, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, अनुभव रेग्मी, योगिशा खत्री, सम्वृद्धि शाही ठकुरी, क्रिजन गौतम, जीवन बराल, जीवन भट्टराई, सुजल बस्नेत लगायतका कलाकारको पनि अभिनय छ ।

सन्तोष सेनकै लगानी रहेको फिल्म चैत २८ मा रिलिज हुँदैछ । फिल्म यो वर्षकै प्रतिक्षित मध्येको एक हो ।

प्रतिक्रिया दिनुहोस्