हलमा ‘साङ्लो’ र ‘सेल्फी किङ’को टक्कर !



रंगखबर, काठमाडौँ – विराज भट्ट र विपिन कार्की स्टारर ‘साङ्लो’ र ‘सेल्फी किङ’ शुक्रबारदेखि सार्वजनिक प्रदर्शनमा आएका छन् । रिलिज अगाडी दर्शकसम्म राम्रो हाइप बनाएका फिल्मले बक्सअफिसमा सुखद सुरुवात गर्ने अनुमान गरिएको छ ।

तर, पहिलो दिन मल्टीप्लेक्सका पर्दामा विहानी अकुपेन्सी सोचेजस्तो छैन । विपिनको ‘सेल्फी किङ’ मल्टीप्लेक्स केन्द्रित छ । प्रिमियरमा पाएको सकारात्मक प्रतिक्रियाले शनिबारदेखि व्यापारमा उकालो लाग्न सक्छ ।

यस्तै मल्टीप्लेक्समा कम शोज पाएको विराज अभिनित ‘साङ्लो’को सुरुवात पनि गतिलो छैन । सिंगल तर्फका स्टेशनको अकुपेन्सी रिपोर्ट आएको छैन । विशेषत: फिल्मले सिंगलमै राम्रो व्यापार गर्ने अनुमान छ ।

विकेन्डसम्मको नतिजाले दुवै फिल्मको लाइफटाइम रेस अनुमान गर्न मिल्नेछ ।

विराज आफैले निर्माण, निर्देशन र अभिनय गरेको ‘साङ्लो’मा निकिता चाण्डक, जयनन्द लामा, कामेश्वर चौरसिया, प्रकाश शाह, आरपी पन्त, लय संग्रौला, अमित गिरी, शिशिर भण्डारी, रमेश सोडारी, भिष्म जोशी लगायतका कलाकारले अभिनय गरेका छन् ।

एक्सन फिल्मले समाजका बिभिन्न विषयलाई पर्दामा उतारेको छ ।

विशाल सापकोटाले निर्देशन गरेको ‘सेल्फी किङ’मा विपिनसँगै लक्ष्मी वर्देवा, भुवन चन्द, अभय बराल, लोकमणि सापकोटा, सविन बास्तोला, कमल देवकोटा, राजेश विसुराल लगायतका कलाकारको अभिनय छ ।

एक हास्यकलाकारको तीन दिने यात्राको कथा बोकेको फिल्मलाई दिनेश राउत र सुभाष थापाले निर्माण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्