‘केजिएफ: च्याप्टर २’मा रवीनाको इन्ट्री, यस्तो बन्यो लाइनअप



रंगखबर, काठमाडौँ – कन्नड उद्योगको बहुप्रतिक्षित फिल्म ‘केजीएफ: च्याप्टर २’मा बलिउड अभिनेत्री रवीना टन्डनको इन्ट्री भएको छ । निर्माण पक्षले फिल्मको मुख्य कलाकारमा रवीनालाई फाइनल गरेको बताएको छ ।

कन्नडको सर्वाधिक व्यापार गर्न सफल ‘केजिएफ’को पहिलो भाग २०१८ मा रिलिज भएको थियो । फिल्मले विश्वव्यापी २ सय ४३ करोड माथिको व्यापार गर्यो । नेपालमा पनि यो फिल्मको ठुलो क्रेज छ । रोचक कुरा, यसको पहिलो भाग नेपाली बक्सअफिसमा ५१ दिन भन्दा बढी प्रदर्शन भएको थियो ।

दक्षिण भारतका सुपरस्टार यशको केन्द्रिय भूमिका रहने फिल्ममा रवीनासँगै संजय दत्त, श्रीनिधि सेट्टी, अन्नत नामको महत्वपूर्ण भूमिका रहने बताइएको छ ।

प्रशान्त नीलले निर्देशन गर्ने फिल्ममा बलिउडका सुपरस्टार जोडिएपछि यसको बज अझै ठुलो बनेको छ ।

प्रतिक्रिया दिनुहोस्