सुरु भयो ‘निफ’, बलिउड निर्देशक प्रकाश झा काठमाडौँमा



रंगखबर, काठमाडौँ : बलिउड निर्देशक प्रकाश झाले फिल्म फेस्टिभल कलाको उत्सव भएका बताउँदै आफू नेपालमा संसारका विभिन्न देशका संस्कृति सिनेमा मार्फत् हेर्ने उत्सुक रहेको बताएका छन् । बिहीबार राष्टिय सभा गृहमा सुरु भएको नेपालअन्तराष्र्टिय फिल्म फेस्टिभल (निफ)को औपचारिक उद्घाटनमा बोल्दै झाले यस्तो धारणा राखेकाहुन् । स्वदेशी तथा विदेशी फिल्मको फिचर विधाका मुख्य निर्णायकको जिम्मेवारी निर्वाह गर्न नेपाल आएका उनले फेस्टिभलका दौरान विदेशीसँगै नेपालीभाषाका पनि उत्कृष्ट फिल्म हेर्न पाउने अपेक्षा व्यक्त गरे । ४० वर्षदेखि सिनेमामा काम गरिरहेको बताउँदै उनले हरेक दिन इन्जोए गरिरहेको बताएका थिए र् ४० वर्षदेखि सिनेमामा काम गरिरहेको छु तर कुनै दिन यस्तो छैन जहाँ मैले यो काममा इन्जोए नगरेको हुँ,’झाले भने । उनले आफू नेपालको बोर्डरमा जन्मिएको बताउँदै नेपाल दोस्रो घर जस्तै लाग्ने गरेको बताए र्। म बिहारमा जन्मिएको हुँ जहाँ नेपालको बोर्डर पथ्र्यो । हामी त के हाम्रा गाइ बस्तु पनि चर्नलाई नेपालजान्थे । यसरी नेपाल सँगको नातागहिरो भएपनि काठमाडौं आएको भने पहिलो पटक हो । सिनेमाका कारणले आउन पाउँदा दोब्बर खुशी लागेको छ,’ झाले भने ।

त्यसअघि पानसमाबत्तिबालेर समारोहको उद्घाटन गर्दै सभामुखअग्नि सापकोटाले सिनेमा साँस्कृतिकपहिचानको मुख्य माध्यम भएको बताएकाथिए । उनले फेस्टिभल जीवन्त र सजिव अन्तक्र्रिया हुने थलो भएको बताउँदै महोत्सवले गुणस्तीय फिल्म निर्माणमा नेपाली फिल्म मेकरलाई प्रेरित गर्ने बताएकाथिए ।
बिहीबार सुरु भएको फेस्टिभल ५ दिनसम्म राष्ट्रिय सभागृह, पर्यटन बोर्ड र सर्वनाममाचल्नेछ । फेस्टिभलमा सहभागिताका लागि ४० देशका फिल्मकर्मी नेपालआइपुगेको अध्यक्ष केपी पाठकले बताए । उनले नेपालमा फिल्म संस्कृतिको निर्माण गर्ने उद्देश्यले फेस्टिभल सुरु गरेको जनाउँदै महोत्सवको नयाँ संस्करणमा देखाइने फिल्म तथा छलफलले नेपाली फिल्मलाई विश्वबजारमा पुर्याउन ठोस योगदान गर्न सक्ने धारणा राखेकाथिए ।

“हामीले फिल्मसँगै छलफलका लागि पनि अन्र्तराष्ट्रिय व्यक्तित्व बोलाएका छौं । यो ५ दिनमा सिनेमाको भविष्यसँगै डिजिटल प्लेटफर्ममा नेपालको प्रवेशका सम्भावित बाटाका बारेमापनि छलफल हुनेछ । वैकल्पिक बजारको आवश्यकता रहेको नेपाल जस्तो देशका लागि यो छलफल उपयोगी हुन्छ भन्ने विश्वास छ,’ पाठकले भने ।

कार्यक्रममा छोटो मन्तव्य राख्दै वरिष्ठ फिल्मकर्मी नीर शाहले संसारभरका फिल्मलाई सिनेमाबाटै खतरा रहेको बताएकाथिए । उनको भनाइ थियो, “ सिनेमाका नाममा बनेका सिनेमा नलाग्ने फिल्मबाट नै वास्तविकसिनेमालाई खतरा छ । त्यस्ता ननएक्सप्रेसिभसिनेमालाई एक्लै लडेर जित्न सकिन्न । सामूहिक रुपमा लड्नु पर्छ र महोत्सव यसरी लड्ने प्लेटफर्म हुन सक्छ ।’ उद्घाटनको अवसरमा चाइनीज फिल्म कम्पोजर देखाइएको थियो ।
महोत्सवको दोस्रो दिन डिजिटल फिल्म सम्बन्धी वर्कसप सँगै विभिन्न फिल्म प्रदर्शन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्