रंगखबर, काठमाडौँ – सस्पेन्स जनरामा फिल्म ‘प्रेम पूजा’ निर्माण हुने भएको छ । अमरदीप सापकोटाले निर्देशन गर्ने फिल्मको फस्टलुक र रिलिज डेट पनि सार्वजनिक गरिएको छ ।
पोस्टरमा अनुहार छोपेका एक युवा चित्रित छन् । निर्माण पक्षले मुख्य अभिनेतालाई लुकाएको छ । अभिमन्यु निरवीले लेखेको फिल्मको लागि कास्टिङको काम भैरहेको छ । फिल्ममा नयाँ र पुराना कलाकार हुने बताइएको छ ।
काठमाडौँ, चितवन र भारतको वनारसमा छायांकन हुने ‘प्रेम पूजा’ अमरदीपको दोस्रो निर्देशकीय फिल्म हो । यसअघि उनले ‘कारखाना’ निर्माण गरेका थिए ।
इन्टरटेनमेन्ट वर्ल्डवाइड प्रालिले निर्माण गर्ने फिल्मलाई आगामी वर्षको दशैँमा रिलिज गरिनेछ । बैशाख पहिलो सातादेखि फिल्म फ्लोरमा निस्कनेछ ।