‘आमा’ हेरेपछि रविले भने ‘आफ्नै कथा पाएँ’



रंगखबर, काठमाडौँ – शुक्रबारदेखि रिलिज भएको फिल्म ‘आमा’ अहिले चर्चामा छ । दीपेन्द्र के खनाल निर्देशित फिल्मलाई दर्शकदेखि समिक्षकसम्मले उत्कृष्ट भनेका छन् । बुधबार फिल्मको राजधानीमा सेलेब्रेटी शो राखिएको थियो ।

‘आमा’ टिमको निम्तो स्वीकारेर वरिष्ठ कलाकार निर शाह, माइती नेपालकी अध्यक्ष अनुराधा कोइराला, सन्चारकर्मी रवि लामिछाने, अभिनेत्री ऋचा शर्मालगायतका फिल्मकर्मी कुमारी हल पुगेका थिए । फिल्म हेरेपछि सम्पूर्णले ‘आमा’ले आफुलाई छोएको प्रतिक्रिया दिए ।

निर शाहले ‘आमा’ निर्देशकको इमान्दार प्रस्तुति रहेको बताए । ‘निर्देशक जे देखाउन खोज्नु भएको हो त्यो इमान्दारी पुर्वक देखाउनु भएको छ । जीवन आमा होइन भन्ठान्नेका लागि बेग्लै अर्को दुनियाँ होला । त्यसमा रमाउन अल्लादित हुनुहुन्छ होला । तर, जीवन आमाको हो भन्नेहरुका लागि यो एउटा क्लासिक सिनेमा बनेको छ । र यसले नेपाली चलचित्र उद्योगलाई अझ अगाडी बढाएको छ । निर्देशक आफ्नो कर्ममा शतप्रतिशत सक्सेसफुल हुनुहुन्छ ।’ बधाई छ दीपेन्द्रलाई ।

यस्तै रवि लामिछानेले ‘आमा’मा आफ्नै कथा पाएको बताए । ‘म पनि विदेश पुगेको महिना दिनमै आमा गुमाएँ । म आमाको अन्तिम घडीमा उहाँको साथ्मा हुन् पाइन् ।’ भक्कानिदै उनले अगाडी भने ‘आमा हामी सबैको अर्ग्यानिक कथा हो । कलाकारको काम उत्कृष्ट छ । निर्देशकले कुनै कम्परमाइज गर्नु भएको छैन । उहाँ जी एउटा सिरियस मेकर हो ।’

पुष महिनामा आमा गुमाएकी अभिनेत्री ऋचा शर्मा भने क्यामराको अगाडी बोल्न सकिनन् । उनले मिडियासँग भनिन्–‘सरी, आज म बोल्न सक्दिनँ ।’

फिल्मको ‘वर्ड अफ माउथ’ बलियो भएपछी ‘आमा’को बक्सअफिस पनि सुधार हुँदै गैरहेको छ । दोस्रो सातामा पनि फिल्मले राम्रो होल्ड गर्ने अनुमान गरिएको छ ।

विशेषत तीन आमाहरुको कथा बोकेको फिल्ममा मिथिला शर्मा, सुरक्षा पन्त, सरिता गिरी, देशभक्त खनालको मुख्य भूमिका छ । फिल्मलाई शर्मिला पाण्डेले निर्माण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस्