राज लिम्बुको पहिलो गीत ‘ईलाम बजार’ सार्वजनिक



रंगखबर, काठमाडौँ – ईलाम सुर्य नगरपालिकाका राज लिम्बुले आफ्नो पहिलो गीत ‘ईलाम बजार’ सार्वजनिक गरेका छन् । सुनिल राईको संगीत रहेको गीतमा रोवार्ड सिप्थुन्खा राईको शब्द रचना छ ।

ज्ञानु राईले खिचेको गीतलाई योगेश दाहालले सम्पादन गरेका छन् ।

March 2020
S M T W T F S
1234567
891011121314
15161718192021
22232425262728
293031  

बच्चैदेखि गायनमा रुचि राख्ने राज लिम्बुले अहिलेसम्म गाउँने अवसर पाएका थिएनन् । वर्षौसम्म कतारको मरुभूमिमा पसिना बगाएका लिम्बुको नेपाली संगीत प्रतिको लगाव कहिल्यै पनि छुटेन । मरुभूमिमा उनि नेपाली संगीतसँगै आफ्नो कर्म अगाडी बढाईरहेका थिए ।

अन्तत: पहिलो पटक आफ्नो स्वर रेकर्ड गराउन पाउँदा उनले बच्चैदेखिको सपना पुरा भएको बताए । ‘आज सपना पुरा भएको छ । आगामी दिनमा सपनालाई सार्थक बनाउन लागि पर्नेछु ।’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्