‘सूर्यवंशी’ ट्रेलरमा एक साथ कप्स युनिभर्सका अक्षय, अजय र रणवीर



बलिउडको बहुप्रतिक्षित फिल्म ‘सूर्यवंशी’को ट्रेलर रिलिज भएको छ । एक्सनप्याक्ड ट्रेलर दमदार बनेको छ ।

रोहित सेठ्ठीले निर्देशन गरेको सिनेमामा शिर्ष कलाकार अक्षय कुमारसँगै कप्स युनिभर्सका अजय देवगण ‘सिङ्घम’ र रणवीर सिंह ‘सिम्बा’लाई पनि इन्ट्री गराइएको छ । तीन अभिनेताको इन्ट्रीले ट्रेलर रोचक बनाएको छ । फिल्ममा अक्षयको अपोजिट कट्रिना कैफ छिन् ।

रोहितले बनाउने कप्स युनिभर्समा यो सँगै अक्षयको पनि इन्ट्री भएको छ । कप्स युनिभर्सका ‘सिङ्घम’, ‘सिङ्घम रिटर्न्स’ र ‘सिम्बा’ बक्सअफिसमा सुपरहिट छन् । ‘सूर्यवंशी’ अघिल्ला सृंखला भन्दा ठुलो क्यानभासमा बनेको छ ।

मार्च २४ मा रिलिज हुने फिल्ममा यस जोहर, अरुणा भाटिया, करण जोहर, अपूर्भा मेहता र निर्देशक सेठ्ठीको लगानी छ ।

प्रतिक्रिया दिनुहोस्