कोरोना भाइरसका कारण नेफ्टा अवार्ड आयोजना स्थगित



रंगखबर, काठमाडौँ – नेपाल चलचित्र प्राविधिक संघले आयोजना गर्ने दशौँ नेफ्टा अवार्ड आयोजना स्थगित भएको छ । देशमा बढिरहेको कोरोना भाइरसको त्रासले अवार्ड आयोजना तत्काललाई स्थगित गरिएको आयोजक संस्थाको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

चैत २२ गते टुँडिखेलमा हुने भनिएको अवार्ड नेपाल सरकारको अघिल्लो सुचना नआउँदासम्म स्थगित हुनेछ । यहि फागुन २७ गते अवार्डको मनोनयन सार्वजनिक गर्ने सेड्युल पनि तत्काललाई स्थगित गरिएको छ । नेफ्टासँगै अवार्ड आयोजनामा साझेदारी गरेको ड्रिम हाइ नेपालले समारोहको तयारी अन्तिम चरणमा पुगिसकेको बताएको छ ।

पुर्वनिर्धारित मिति स्थगित भएपनि नयाँ मितिमा अवार्ड भव्य र सभ्यरुपमा आयोजना गरिने विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाका कारण फागुन ३० मा रिलिज हुने भनिएको ‘म यस्तो गीत गाउँछु २’ र चैत ७ मा रिलिज तयारीमा रहको ‘नीरफूल’ले रिलिज स्थगित गरिसकेका छन् ।

बिज्ञप्ति:-

प्रतिक्रिया दिनुहोस्