वर्षाको सहयोगी मन, मजदुरका लागि १ लाख सहयोग



देशले भोलि लकडाउनको सातौँ दिन पार गर्दैछ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ को जोखिमबाट बच्न नेपाल सरकारले घोषणा गरेको सात दिने लकडाउनले जीवन अस्तव्यस्त बनेको छ ।

अझै, ज्यालादारी गरेर जीविकोपार्जन गर्ने मजदुरलाई ‘रोगले लैजाने होकी, खान नपाएर मर्ने हो भन्ने’ चिन्ताले सताएको छ । यस्तोमा सरकारको सहायता लिएर अभिनेत्री वर्षा सिवाकोटीले विशेषत मजदुरको नाममा १ लाख सहयोग घोषणा गरेकी छन् ।

‘दैनिक काम गरेर जिवन गुजारा गर्ने दिदि-बहिनि तथा दाजु-भाइका निमित्त मैले १ लाख सहयोग गर्दैछु । यो नेपाल सरकारको प्रधानमन्त्री राहत कोषमा जम्मा हुनेछ । आशा छ, यो रकम सहि ठाउँमा प्रयोग हुनेछ ।’ उनले भिडियोद्वारा संदेश छोडेकी छन् ।

आइतबार सरकारले लकडाउनको समय १ साता लम्ब्याएको छ । यसले जनजीवन अझै कष्टकर हुन सक्छ । वर्षाले लकडाउनको समयमा सामाजिक संजाल मार्फत जनचेतना पनि फैलाइरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्