पलको व्यक्तिगत ५ लाख सहयोग



लकडाउनले समस्यामा परेका सिने प्राविधिकका अभिनेता पल शाहले लागि व्यक्तिगत ५ लाख सहयोग घोषणा गरेका छन् । उनले फेसबुक मार्फत स्टाटस लेख्दै ५ लाख सहयोग गर्ने घोषणा गरेका हुन् ।

विश्वभर १० लाख बढी मानिसमा देखिएको कोरोना भाइरस ‘कोभिड-१९’ रोकथामका लागि नेपाल सरकारले देश लकडाउन गरेको ११ दिन पुगिसकेको छ । यसले पर्दा पछाडी काम गर्ने विपन्न प्राविधिकलाई हात-मुख जोड्न गाह्रो परिरहेको छ ।

प्राविधिक समस्यामा परेको खबर पाएपछि पलले सहयोगी हात अगाडी बढाएका हुन् । उनि लेख्छन ‘विपन्न तथा आर्थिक अवस्था कमजोर भएका चलचित्र प्राविधिक तथा अन्य सहयोगीहरूकाे जनजिवनलाई सहज बनाउनकाे लागि मैले ५ लाख आर्थिक सहयाेग गर्ने घाेषणा गर्दछु । मेराे याे सहयाेग वितरण कार्यमा चलचित्र प्रविधिक संघ नेपाल (NEFTA) ले सहजिकरण गर्ने आशा गरेको छु।’

यसअघि कोरोना प्रभावितका निमित्त अभिनेत्री वर्षा सिवाकोटीले व्यक्तिगत १ लाख र दीपक-दीपाको समुहले १ लाख १० हजार सहयोग घोषणा गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्