फिल्म पत्रकारका लागि राहत घोषणा



चलचित्र पत्रकार संघ, नेपालले श्रमजीवी चलचित्र पत्रकारका लागि राहत बाड्ने भएको छ । शनिबार अनलाई मार्फत बोलाइएको बैठकले कोरोना भाइरस ‘कोभिड-१९’का कारण समस्यामा परेका आफ्ना सदस्यहरुलाई संघले राहत बाड्ने निधो गरेको हो ।

File Photo

“हामी हाम्रो लागि” भन्ने अभियानको रुपमा लिइएको राहत वितरण कार्यक्रमले समस्यामा परेका श्रमजीवी चलचित्र पत्रकारको लकडाउन जीवन केहि हदसम्म सहज हुने आशा लिइएको छ ।

समस्यामा परेका पत्रकारले संस्थाका पदाधिकारीहरुसँगको सम्पर्कमा राहत प्राप्त गर्न सकिने महासचिव समीर बलामीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरस रोकथामका लागि नेपाल सरकारले देश लकडाउन गरेको आज १२ दिन पुगिसकेको छ । यसले आम मानिसको जनजीवन प्रभावित बनेको छ । यतिबेला बिभिन्न क्षेत्रका अग्रणी संस्थाले आफ्ना सदस्यहरुलाई राहत उपलब्ध गराउदै छन् ।

अहिलेसम्म नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगिसकेको छ । भने, विश्वमा ११ लाख बढी मानिस यसको संक्रमणमा छन् । विश्वव्यापी कोरोनाका कारण ५९ हजारले ज्यान गुमाइसकेका छन् । भने, २ लाख २६ हजार निको भएर घर फर्कीसकेका छन् ।

विज्ञप्ति:-

प्रतिक्रिया दिनुहोस्