नेपालको पक्षमा बोल्दा मनिषा विरुद्द भारतीय मिडियाको प्रहार



रंगखबर, काठमाडौँ – अहिले नेपाल-भारतको सिमा विवाद उत्कर्षमा छ । नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा सार्वजनिक गरेसँगै भारतमा हंगामा मच्चिएको छ । भारतीय ,मिडियाले नेपालले नयाँ नक्सा चिनको दवावमा जारी गरेकोसम्म आरोप लगाएका छन् ।

केहि समय अगाडी भारतले गुञ्जीहुँदै कालापानीसम्म नेपालको भूभाग मिचेर सडक बनाएपछि नेपालमा ठुलो विरोध भयो । नेपाल सरकारले कालापानीदेखि लिम्पियाधुराहुँदै गुञ्जीसम्मलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेपछि नेपाली माँझ खुसिको माहोल छायो पनि।

यसमा सिनेमा क्षेत्रका व्यक्तित्वहरुले पनि खुसि मनाए । त्यहिँ मध्येको एक थिइन्, अभिनेत्री मनिषा कोइराला । तर, उनको खुसि भारतलाई भारी परेको छ । अहिले भारतीय मिडियाले मनिषालाई बिभिन्न लाल्छना पनि लगाउन पछि परेका छैनन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नयाँ नक्सा पारित भएको विषयलाई ट्विट गरेका थिए । त्यसमा मनिषाले रि-ट्विट गरिन् । उनले लेखिन ‘हाम्रो सानो देशको आत्मसम्मान कायम राख्न सफल भएकोमा धन्यवाद । अब हामी तीन महान देशहरुबीच शान्तिपूर्ण र सम्मानजनक संवादका लागि आशावादी छौं ।’

 

उनको यो ट्वीट भारतीय मिडियालाई असह्य भएको छ । उनिहरु मनिषाको खेदो खन्न लागिपरेका छन् । एबिपी टेलिभिजनले ‘खाति भारतकी ओर गाति चीनकी’ भनेको छ । अहिले यो समाचारको अंश सामाजिक संजालमा भाइरल भएको छ । नेपालीहरुले एबिपी टेलिभिजनको कडा आलोचना गरेका छन् ।

मनिषाले चिनको आडमा टेकेर भारत विरोधी अभिव्यक्ति दिएको भन्दै एबिपीले आरोप लगाएको छ । ‘मनिषाले जेजति नाम कमाएकी छिन्, त्यो भारतले दिएको हो । तर आज उनी खुलेर नेपालको समर्थनमा उत्रेकी छन् । नेपालको सरकारले जारी गरेको विवादास्पद नक्सालाई तारिफ गरेका छिन्,’ उक्त टेलिभिजनले भनेको छ ।

अहिले नेपालीहरुले मनिषाको राष्ट्रवादलाई लिएर वाहवाही गाउन थालेका छन् । परिआएको खण्डमा मनिषालाई जस्तोसुकै सहयोग गर्न पछि नहट्ने भन्दै नेपाली दर्शकले भारतसँग नडाराउन पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्