ट्रेलरमा अमिताभ र आयुषमानको ‘गुलाबो सिताबो’



रंगखबर, काठमाडौँ – बलिउड फिल्म ‘गुलाबो सिताबो’को ट्रेलर रिलिज गरिएको छ । फिल्ममा अमिताभ बच्चन र आयुषमान खुरानाले शिर्ष भूमिका निर्वाह गरेका छन् ।

निर्माण समयदेखि नै चर्चामा रहेको यो फिल्ममा अमिताभले एक बुढो मुस्लिम घर मालिक र आयुषमानले किरायावालाको भूमिका निर्वाह गरेका छन् ।

ट्रेलर रिलिज गरिएपनि शूजित सरकार निर्देशित फिल्म भने अहिले हलमा रिलिज हुनेछैन । लकडाउनका बीच १२ जुनदेखि यो फिल्म अमेजन प्राइम भिडियोमा हेर्न सकिनेछ ।

फिल्मको डिजिटल रिलिजलाई लिएर निर्देशक शूजित भन्छन ‘भारतीय मनोरंजनको दुनियाँमा यो नयाँ बिहानीको सुरुवात हो । म खुसि छु कि, हाम्रो यो ड्रामेडी संसारले हेर्न सक्नेछ । गुलाबो सिताबो हल्का-फुल्का कमेडी फिल्म हो , जसको मज्जा परिवारसहित लिन सकिनेछ ।’

फिल्मको कथा, पटकथा, संवाद जुही चत्तुर्वेदीले लेखेकी हुन् । जुहीले यसभन्दा पहिला ‘विक्की डोनर’, ‘मदरास क्याफे’, ‘पिकु’, ‘अक्टुबर’ र ‘द स्काई इज पिङ्क’ जस्ता फिल्म लेखिसकेकी छन् ।

प्रतिक्रिया दिनुहोस्