कलाकार जयनन्द चन्द ठकुरीको ९१ वर्षको उमेरमा निधन भएको छ । उनले आइतबार विहान आफ्नै घर एकान्तकुनामा अन्तिम सास लिए ।
एक छोरी र श्रीमतीसँग बस्दै आएका उनि लामो समयदेखि सुगर, प्रेसर र प्यारालाइसिसबाट ग्रसित थिए । पछिल्लो समय उनको स्वास्थ्य यतिसम्म बिग्रिएको थियो, कि उनलाई उठ्न र बस्न पनि अर्कैको सहारा लिनुपर्थ्यो ।
सय भन्दा बढी फिल्ममा अभिनय गरेका ठकुरीले ‘जीवनरेखा’बाट करिअर सुरु गरेका थिए । थुप्रै टेलीसिरियल र म्युजिक भिडियोमासमेत अभिनय गरेका उनले ‘युद्द’, ‘फेरि भेटौला’, ‘भाग्यरेखा’, ‘विश्वास’ लगायतका थुप्रै फिल्ममा अभिनयको जादु पस्किएका छन् ।
आइतबार दिउँसो नै ठकुरीको पार्थिव शरीरको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिनेछ ।