वर्षा र नम्रताको अभिव्यक्ति ‘नातावाद र समुहवादले कलाकारलाई डिप्रेसनमा धकेल्छ’



रंगखबर, काठमाडौँ – सुशान्त सिंह राजपुतको आत्महत्याले बलिउडमा एक पटक पुन: नातावादको विवाद सुरु भएको छ । अभिनेत्री कंगना रनाउतले सुशान्तको आत्महत्याको पछाडी बलिउडको नातावादको गन्ध पाइएको बताएपछि बलिउड पुन: गर्माएको छ ।

बलिउडमा नातावादले चर्चा पाइरहँदा यस विषयमा नेपाली कलाकारले पनि आवाज उठाउन थालेका छन् । अभिनेत्री वर्षा सिवाकोटीले नेपालमा नातावाद मात्र नभएर समुहवाद, तुलना र कलाकारसँग पत्रकारको अनावश्यक सम्वन्धले वास्तविक कलाकार ओझेलमा परेको कुरा लेख्छिन ।

उनले यी तत्वको शिकार आफु पनि बनिरहेको र कुनै बेला डिप्रेसनसमेत पुगेको बताएकी छन् । उनि लेख्छिन ‘नातावादले कहिलेसम्म धान्ला र ? स्टार किड र उहाँहरुको काम तपाइँहरुले मुल्यांकन गर्नु भएकै छ होला । को अब्बल, को कमजोर ठम्म्याउने जिम्मा हजुरहरु कै हो ।’

उनि अगाडी लेख्छिन ‘नातावाद र समुहवादको बारेमा पहिलो अभिव्यक्ति दिंदा यो उद्योगमा मैले काम नपाउने हल्ला थियो । तर, लकडाउन नभैदिएको भए मैले यो बीचमा समय दिन नभ्याएर कयौँ फिल्म छोड्नुपर्ने अवस्था आउथ्यो । त्यसैले तपाइँ प्रतिभाशाली, लगनशील र आत्मविश्वासी हुनुहुन्छ भने एकदिन अवश्य मेहनतको फल पाउनुहुनेछ ।

यस्तै अभिनेत्री नम्रता सापकोटाले पनि नातावादको विपक्षमा खुलेरै भिडियो संदेश पोस्ट गरेकी छन् । उनि भन्छिन ‘यहाँ कुनै पनि फिल्मको घोषणा हुन्छ । त्यसपछि अडिसनको आव्हान गरिन्छ । तर, पछि कलाकार देखिदा उहाँहरुकै भाइ-बहिनि, छोरा भतिजा हुन्छ । यहाँ अर्को दिन यति धेरै पारिश्रमिक लिनुभयो भने छ्यापछ्याप्ती समाचार आउछ । र त्यो फिल्म कसले बनाएको हुन्छ ? आफ्नै बाबा-आमाले । छोराले टन्नै पैसा लियो भनेर बकवास सो कल्ड खबर फैलाउछौँ ।’

नम्रता अगाडी भन्छिन ‘सबै त हुनुहुन्न तर यहाँ कलाकारको कलालाई भन्दा पनि आफ्नो मान्छेलाई सपोर्ट गर्नेहरु ६० प्रतिशत बढी छन् । संघर्ष गरेर आएका कलाकारलाई यहाँ कलाकार नै गनिदैन । अनि डिप्रेसनमा नगएर के गर्नु त ?

प्रतिक्रिया दिनुहोस्