‘नेप्टोजम’ र ‘चेप्टोजम’ भविश्यमा खतरनाक बन्न सक्छ – दीपकराज गिरी



रंगखबर, काठमाडौँ – नेपाल फिल्म क्षेत्रमा ‘नेपोटिज्म’ र ‘ग्रुपनिज्म’को बहस चर्किरहँदा यस विषयमा निर्माता तथा हास्यकलाकार दीपकराज गिरीले पनि आफ्नो धारणा राखेका छन् । उनि नेपालमा अहिले नै परिवारवादले जरा नगाडेको लेख्छन ।

‘भारतमा नेपोटिज्मको कुरा उठ्ना साथ यता पनि सुरु गरे साथीहरुले तर हामि कहाँ ‘नेपोटिज्म’ होइन, ‘नेप्टोजम’ र ‘चेप्टोजम’को समस्या छ । गलत मान्छेहरु यहि दाउरोमा भात पकाउछ्न ।’ उनले लेखेका छन् ।

दीपकराज यो धारणामा दुई थरी प्रतिक्रिया आएका छन् । र, उनले सबै प्रतिक्रियाको स्वागत छ भन्दै लेख्छन ‘नेपालमा एकाध कलाकारका सन्तान छन् तर ‘नेपोटिज्म’को समस्या खासै छैन । बरु केहि हदसम्म समुहवाद होला । त्यो संसार मै हुन्छ । हाम्रो पनि समुह छ तर हामि हेरेक फिल्ममा नयाँ हिरोइन र हिरोसँग काम गर्छौँ ।’

यस्तै केहि हदसम्म मैले उठाएको ‘नेप्टोजम’ र ‘चेप्टोजम’को समस्या छ । यसले गायन क्षेत्र र अभिनय क्षेत्रमा प्रवेश पाएको छ । अहिले व्यापक नभएपनि भोलि गएर खतरनाक हुन् सक्ला । केहि गलत सोच भएका मान्छेहरूले मात्रै यसलाई पक्षपोषण गरिरहेका छन् । त्यसैले यो क्षेत्रमा कसैले आफूलाई कमजोर नठाने हुन्छ, कोहि मै हूं भन्नेले पनि ट्यालेन्ट र प्रतिभालाई रोक्न सक्दैन । जिन्दगी हो, साना तिना संघर्ष त भइरहन्छ । गहिरो भन्दा गहिरो रातको पनि सुर्यको किरणलाइ रोक्ने साहस हुन्न । तपाईको ट्यालेन्ट त्यहिँ सूर्यको किरण हो …. शुभदिन !!!’

दीपकराजको स्टाटस:-

प्रतिक्रिया दिनुहोस्