साम्राज्ञीले भुवनलाई दिइन ‘विकृत’ को संज्ञा ~ भिडियो ~



रंगखबर, काठमाडौँ – फिल्म छायांकनको बेला आफुलाई नराम्रो व्यवहार भएको भिडियो सार्वजनिक गरेपछि अभिनेता भुवन केसीको निशानामा परेकी अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले अर्को भिडियो मार्फत भुवनलाई जवाफ फर्काएकी छन् । उनि भन्छिन ‘एक जनाले भन्नु भएछ, जुन थालमा खायो त्यहि थालमा दुलो पार्यो । यदि उहाँले मलाई राम्रो व्यवहार गर्नु भएको थियो भने त्यो ठाउँ नै आउथेन ।’

‘यो अवस्था उहाँले गर्दा नै आएको हो । मलाई थाहा छैन उहाँले त्यस्तो व्यवहार कति जनासँग गर्नुभयो ? कति जनाले त्यो अवस्थामा बोल्नु भयो होला, तर कसैले सुनेंन होला । अहिले सामाजिक सञ्जालले गर्दा बल्ल हाम्रो पनि सुनिदिने दिन आयो ।’

उनले भुवनको नाम नलिएरै अगाडी जापानको किस्सा पनि जोडेकी छन् । त्यहि जुन थालमा खायो, त्यहि थाल दुलो पर्यो भन्ने मान्छेले जापानको अवार्ड समारोहमा ‘बाबा त तँ मेरो प्रोडक्ट हो ।  अब त्यो पुरानो कुरा कोट्याएर तलाई के फाइदा मलाई के फाइदा ? तँ आफ्नो ठाउँमा पुगीसकिस ।’ भन्दै भविश्यमा यो कुरा नगर्न सुझाव दिएका थिए ।

‘मलाई भित्र घिन लागिरहेको थियो । तर, पनि हाँसेरै बोले ।’ साम्राज्ञी अगाडीको व्यवहार सम्झिदै भन्छिन ‘उहाँले उक्त कुरा गर्दापनि पहिले कै व्यवहार गर्नुभयो उहाँ टाँसिएर, मुख जोडेर आइ लभ यू बाबा भन्दै नजिक हुन् खोज्नुभयो । सहेर अङ्कल भन्दै सुनिरहें । अझ उहाँलाई त अङ्कल भनेको पनि मन नपर्ने । अनि हस दाई भन्दै धकेलेर छुटे ।’ उनले भुवनको व्यवहारलाई ‘विकृत’को संज्ञा दिइन ।

मैले कुनै झुट बोलेकी छैन । यी दुर्व्यवहारको कुरा बाहिर ल्याउँदा मेरो मन शान्त भएको छ । म मात्र होला जो यस विषयमा उग्र भएर बोलेकी छु ।

केहि दिन अगाडी साम्राज्ञीले छायांकनको क्रममा आफुलाई नराम्रो व्यवहार भोग्नु परेको भन्दै सामाजिक सञ्जालमा भिडियो मार्फत पिडा पोखेकी थिइन् । त्यसकै जवाफमा भुवनले आक्रोशपूर्ण स्टाटस लेखेका थिए ।

भुवनको स्टाटस:- ‘खान नपाएको भन्दै सामाजिक सन्जालमा रोई कराई गर्ने हिरोइन अहिले कुन फिल्मको नाम बेचेर खाइरहेकी छिन् ? जुन थालमा खाने त्यही थालमा दुलो पार्ने । सामाजिक सन्जालमा गर्ने बराबर अभिनय फिल्ममा पनि गरे हुने नी !’

प्रतिक्रिया दिनुहोस्