सुशान्तको अन्तिम फिल्म ‘दिल बेचरा’को ट्रेलर रिलिज ~ भिडियो ~



स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुत अभिनित अन्तिम फिल्म ‘दिल बेचरा’को ट्रेलर रिलिज भएको छ ।

यो लभस्टोरी फिल्म उपन्यास ‘द फल्ट इन आवर्स स्टार्स’मा आधारित छ । फिल्ममा सुशान्तको अपोजिट संजना संघीले अभिनय गरेकी छन् । उनको यो डेब्यु फिल्म हो । यी दुई बीचको प्रेम, रोमान्स र विछोडको किस्सा ट्रेलरमा देखाइएको छ ।

मुकेश छाब्राले निर्देशन गरेको यो फिल्ममा एआर रहमानको संगीत छ । लकडाउनका कारण फिल्म हलमा रिलिज नभएरै डिज्नी प्लस हटस्टारबाट २४ जुलाईमामा रिलिज हुँदैछ ।

१४ जुनमा सुशान्तले आफ्नै फ्ल्याटको पंखामा पासो लगाएर आत्महत्या गरेका थिए । उनको आत्महत्याको कारण भने खुलिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्