‘अ स्विटेबल व्वाय’ ट्रेलरमा ४८ वर्षिया तब्बू र २४ वर्षका इशानबीच किस सिन ~ भिडियो ~



इशान खट्टर र तब्बू स्टारर टेलिभिजन सिरिज ‘अ स्विटेबल व्वाय’को ट्रेलर रिलिज गरिएको छ । यो सिरिज विक्रम सेठको लोकप्रिय किताब ‘अ स्विटेबल व्वाय’को कथामा आधारित छ ।

सन् १९५१ को समयमा आधारित सिरिज ६ हिस्सामा बाँडिएको कथा हो । जहाँ इशान र तब्बूको प्रेमलाई पनि देखाइएको छ । इशानले एक आइडियल पात्र मान कपूरको भूमिका निर्वाह गरेका छन् । भने, तब्बूलाई लोकप्रिय गायिका ‘सईदा बाई’को रुपमा देख्न सकिन्छ ।

ट्रेलरमा यी दुईको केमेस्ट्री मज्जाले देखाइएको छ । एक किस सिन र एक लभ मेकिङ सिन पनि ट्रेलरमा अटाइएको छ । ४८ वर्षकी तब्बू र २४ वर्षका इशानले पहिलो पटक स्क्रिन शेयर गरेका हुन् ।

ट्रेलरमा यी दुईको बाहेक लता र कबिरको पनि प्रेम सम्वन्ध देखाइएको छ । तान्या मनिक्तालाले ‘लता’ र दानेश रिजवीले ‘कबिर’को भूमिका निर्वाह गरेका छन् ।

मीरा नायरले निर्देशन गरेको यो सिरिज २६ जुलाईदेखि बिबिसी वानमा प्रशारण हुनेछ ।

प्रतिक्रिया दिनुहोस्