लकडाउन मै ‘डान्सिङ विथ द स्टार्स – नेपाल’को प्रशारण सुरु हुने



कोरोना महामारीका कारण छायांकनको चरणमै स्थगित भएको रियालिटी शो ‘डान्सिङ विथ द स्टार्स – नेपाल’ प्रशारणको अन्तिम तयारीमा पुगेको छ । लकडाउनका बेला पनि छायांकन गर्न सकिने गरि बिबिसीले नयाँ गाइडलाइन तयार गरेपछि यो शोको छायांकन अगाडी बढ्ने कार्यक्रम निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए ।

‘लकडाउन सुरु भएपछी छायांकन रोक्नु परेको थियो । अब विश्वव्यापी गाइडलाइनमा रहेर छायांकनको तयारीमा जुटेका छौँ ।’ यसमा नेपाल सरकारको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपाय सम्वन्धि गाइडलाइन पनि पछ्याउने निधो गरेका छौँ ।’ निर्देशक पौडेलले भने ।

ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने यो शो लकडाउन कै बीच २७ वटा मुलुकमा प्रशारण सुरु भैसकेको छ । भोटिङ र निर्णायकको मुल्यांकनका आधारमा हेरेक साता १ जना प्रतिस्पर्धी इलिमिनेट हुने ‘डान्सिङ विथ द स्टार’मा जम्मा २६ एपिसोड हुनेछन ।

१२ जना स्टार कलाकारले प्रत्येक एक जना प्रोफेसनल डान्सरसँग यस नृत्य प्रतिस्पर्धामा भाग लिनेछन । विजेताले २५ लाख (करसहित) नगद र अन्य पुरस्कार जित्नेछन् ।

आइएमइ ग्रुपले टाइटल प्रायोजन गरेको शोमा एनएमबी बैंकले पावर्डबाइ स्पोन्सरको भूमिका निर्वाह गर्नेछ । ‘द भ्वाइस अफ नेपाल’, ‘द भ्वाइस अफ नेपाल किड्स’, ‘हिमालय रोडिज’, ‘नेपाल्स नेक्स्ट टप मोडल’ जस्ता विश्व चर्चित रियालिटी शो प्रशारण गर्दै आइरहेको हिमालयन टेलिभिजन एचडीले ‘डान्सिङ विथ द स्टार्स – नेपाल’को प्रशारण गर्नेछ ।

प्रतिक्रिया दिनुहोस्