प्रभासको २० औँ फिल्म ‘राधेश्याम’, रिलिज भयो फस्टलुक



साउथ इण्डियन अभिनेता प्रभासको २० औँ फिल्म ‘राधेश्याम’को फस्टलुक पोस्टर सार्वजनिक गरिएको छ । शुक्रबार फिल्मको शिर्षक र पोस्टर सार्वजनिक गरिएको हो ।

पोस्टरमा प्रभास र अभिनेत्री पूजा हेगडेको रोमान्टिक अवतार प्रस्तुत गरिएको छ । सुन्तला रंगको आकास र रातो पानीमा पोस्टरको ठुलो क्यानभास समेटिएको छ ।

राधाकृष्ण कुमारले निर्देशन गर्ने यो फिल्म  तेलुगु र हिन्दी भाषामा छायांकन गरिनेछ । भने, तामिल र मलायलममा डब गरिनेछ । फिल्ममा मुरली शर्मा, सचिन खेडेकर, प्रियदर्शी, सशा क्षेत्री, कुनाल रोय कपूर र सथ्यन पनि अभिनय रहनेछ । ‘राधेश्याम’बाट अभिनेत्री भाग्यश्रीले फिल्ममा कमब्याक गर्दैछिन् ।

फिल्मको रिलिज डेट तय नभएपनि आगामी वर्ष रिलिज हुने सम्भावना रहेको छ ।

‘बाहुबली’ सिरिजमा शिर्ष भूमिका निर्वाह गरेपछि करोडौँ फ्यान कमाएका प्रभासका लागि यो फिल्म विशेष हुनेछ । ‘बाहुबली’ र ‘बाहुबली २’को ठुलो सफलता पछि प्रभासको ‘साहो’ले दर्शकलाई निरास बनाएको थियो ।

प्रतिक्रिया दिनुहोस्