फिल्मकर्मीलाई गालीगलौज गर्ने विरुद्द एक जुट भए ७ संस्था



पछिल्लो समय नेपाली फिल्मकर्मीलाई लक्षित गर्दै आएका गालीगलौज र अश्लिल प्रतिक्रिया प्रति नेपाली सिनेमासँग सम्बन्धित विभिन्न ७ संगठनहरुले संयुक्त वक्तव्य जारी गरेका छन् ।

यस्तो कार्य नरोकिएमा नेपालबाट आएको भए नेपालको साइबर कानुन र विदेशबाट आएको भए परराष्ट्र मन्त्रालयमार्फत कारवाहीको प्रक्रिया अगाडी बढाउने चेतावनी पनि दिएका छन् ।

विज्ञप्तिमा भनिएको छ ‘केहि संचार माध्यमबाट केहि चलचित्रकर्मीहरुको अभिव्यक्ति र अन्तर्वार्तालाई लिएर आरोप, प्रत्यारोप, विवाद, गालीगलौज र अशिष्टताको पराकाष्टा नाघेको देखिएकाले नेपाली चलचित्र उद्योगसँग सम्वन्धित पेशागत संस्थाहरुको ध्यानाकर्षण भएको छ ।’

‘‘सबैलाई अभिव्यक्ति स्वतन्त्रता संविधानले दिएको छ । अभिव्यक्त गर्न पाउनु व्यक्तिको अधिकार हो । अभिव्यक्ति स्वतन्त्रताको नाममा कसैको मानमर्दन हुनु, अश्लिल आक्षेप लगाउनु, व्यक्तिगत चरित्र हत्या गर्नु, कसैको पनि अधिकार छैन । यस किसिमको हर्कत निन्दनिय मात्र होइन, अक्षम्य पनि हुन्छ ।’

नेपाली फिल्म, फिल्मकर्मी र दर्शकबीच अन्योन्याश्रित रहेपनि कुनै एक पक्षबाट शिष्टताको पराकाष्ट नाघेमा काुनी उपचारमा जानु वाध्यकारी हुन्छ भनिएको छ ।

नेपाल चलचित्र संघ, नेपाल चलचित्र कलाकार संघ, नेपाल चलचित्र निर्माता संघ, नेपाल चलचित्र प्राविधिक संघ, नेपाल चलचित्र निर्देशक समाज, नेपाल चलचित्र द्धन्द्ध संघ, नेपाल चलचित्र नृत्य संघले सयुक्त रुपमा यो विज्ञप्ति निकालेका हुन् ।

विज्ञप्ति:-

प्रतिक्रिया दिनुहोस्