मिलनको अनटाइटल प्रोजेक्टमा संगीतकार अर्जुन फाइनल



निर्देशक मिलन चाम्सले संगीतकार अर्जुन पोखरेललाई आफ्नो नयाँ फिल्मको लागि अनुबन्धित गरेका छन् । नाम तय नभएको लभस्टोरी फिल्ममा अर्जुनले संगीत भर्नेछन् ।

पछिल्लो समय अर्जुनका लभस्टोरी गीतले राम्रो सफलता कमाइरहेका छन् । त्यसैले लभस्टोरी फिल्म बनाउने निर्देशकको पहिलो रोजाइमा पर्छन ‘अर्जुन’ ।

अर्जुनलाई अनुबन्धित गर्दै मिलन भन्छन, ‘लकडाउन त खुल्यो । तर, फिल्म लाइन कहिले खुल्ने टुंगो छैन । त्यसैले बिस्तारै यो क्षेत्रलाई चलायमान बनाउन फिल्मका कार्य अगाडी सारेका हौँ । त्यसै अनुरुप अर्जुनलाई मेरो नयाँ फिल्मको लागि अनुबन्धित गरेको हूँ ।’

लकडाउन अन्त्य भएसँगै फिल्ममा अनुबन्धित हुन पाउँदा संगीतकार पोखरेलले खुसि व्यक्त गरेका छन् । ‘फिल्म क्षेत्र कहिले खुल्छ भन्ने अन्यौलता भएकै बेला फिल्मको कार्य अगाडी बढाउनु निक्कै सराहनीय छ । यो हाम्रो कार्यले फिल्म क्षेत्र बिस्तारै चलायमान हुँदैछ भन्ने संदेश जाने आशा लिएका छौँ ।’ पोखरेलले भने ।

निर्देशक चाम्सले फिल्मको बारेमा अन्य जानकारी भने दिएका छैनन् । उनले आफ्नो महत्वकान्क्षी फिल्म ‘गोर्खा वारियर’ छायांकनको तयारी पनि गरिरहेका छन् । फिल्ममा दयाहाङ राई, प्रशान्त तामाङ, वर्षा सिवाकोटी, बुद्दि तामाङ, विजय लामा, माओत्से गुरुङ, कविता आले, रुपा पुन, रितेश चाम्सलगायतका कलाकारको अभिनय रहेनछ ।

प्रतिक्रिया दिनुहोस्