परमिताको ‘अन्धकार’ ~ भिडियो ~



रंगखबर, काठमाडौँ – अभिनेत्री परमिता राणाले आफ्नो नयाँ गीत ‘अन्धकार’ सार्वजनिक गरेकी छन् । परमिताकै युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतमा उनकै स्वर र संगीत छ । उनले आफ्नो पहिलो एल्बम ‘क्विन’मा यो गीत समावेश गरेकी छन् ।

गीतमा हरेक मानिसको जीवनमा आइपर्ने विभिन्न कठिन मोड अनि मानसिक पीडाहरू भूलेर अन्तिम समयसम्म हिम्मतका साथ जिउँन प्रेरित गरिएको छ । गीतको भिडियोमा परमिता आफैले अभिनय गरेकी छन् ।

पिरो राणासँगको संयुक्त संगीतमा तयार गीतमा सुजन जोशी राणाको छायांकन, नूर्विन राजभण्डारीको सम्पादन, पुष्प महर्जनको फोटोग्राफी र सुजन जोशीको निर्माण छ ।

पछिल्लो समय अभिनयबाट संगीततिर ध्यान केन्द्रित गरेकी परमिताले आफ्नै युट्युब च्यानलबाट बिभिन्न भिडियोहरु सार्वजनिक गरिरहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्