सुशान्तका पिताद्वारा उनकी प्रेमिका विरुद्द मुद्धा दर्ता



रंगखबर, काठमाडौँ – स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको सुसाइड केसले नयाँ मोड लिएको छ । सुशान्तका पिता के.के सिंहले सुशान्तकी प्रेमिका रीया चक्रवर्ती विरुद्द ‘एफआइआर’ दर्ता गराएका छन् ।

सुशान्तले आत्महत्या गरेको डेढ महिनापछि के.के सिंहले पटनाको राजीवनगर प्रहरी चौकीमा ‘एफआइआर’ दर्ता गराएका हुन् । के.केले रीयालाई सुशान्तसँग पैसा लिएर उसलाई सुसाइड गर्न उस्काएको आरोप लगाएका हुन् ।

आइपिसीको धारा ३४१, ३४२, ३८०, ४०६, ४२० र ३०६ अन्तर्गत यो केस दर्ता गरिएको हो ।

यो केसमा के.केले भनेका छन्, ‘मुम्बई प्रहरीले जो छानविन गरिरहेको छ, त्यसमा मलाई भरोसा छैन । त्यसैले पटना प्रहरीलाई यो केसको जिम्मा दिएको हूँ ।’

के.के सिंहले रीयासँगै उनको परिवारलाई पनि गम्भीर आरोप लगाएका छन् । सुरुवातमा रीयाले सुशान्तलाई आफ्नो मायाजालमा फसाएर थुप्रै पैसा लिएको र त्यसपछि धोका दिएको उनले बताएका छन् । रीयाको परिवारले पैसा खानको लागि सुशान्तलाई आफ्नो परिवारबाट टाढा बनाएकोसमेत के.केले आरोप लगाएका छन् ।

पटनाका एसएसपी उपेन्द्र शर्माको आदेशमा राजीवनगर चौकीबाट चार सदस्यीय टिमलाई अनुसन्धानको लागि मुम्बई पठाइएको छ । यी टिमले मुम्बई प्रहरीसँग साझेदारी गरेर ‘केस स्टडी’ गर्नेछ । टिममा दुई इन्स्पेक्टर र दुई सब-इन्स्पेक्टर रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्