‘नक्कले भिनाजु ४- भिनाजुको छड्के ताल’ युटुब ट्रेन्डीङ्ग नम्बर १ मा



रंगखबर, काठमाडौँ :  रायमाझी परिवारको तिज गीत नक्कले भिनाजु ४ ‘भिनाजुको छड्के ताल’ अहिले युटुबको शिर्ष स्थान मा पर्न सफल भएको छ। यो समाचार तयार बनाउँदा सम्म गीतलाई  ११ लाख ५५ हजार पटक हेरी सकिएको छ।  बिशाल रायमाझीको शब्द सृजना तथा संगीतमा तयार भएको गीतमा बिशाल रायमाझी,हरिमाया रायमाझी र शर्मिला रायमाझीको स्वर रहेको छ । गीतको भिडियोमा नायिका तथा मोडल एलिना रायमाझी,अभिषेक श्रेष्ठ, हरिमाया रायमाझी,गौरव श्रेष्ठ,शंकर पुरी,बिनय गुरुङ,रामहरी पोखरेल,सृजन खनाल र साबि थापाको अभिनय रहेको छ ।


सागर गौतमले खेचेको गीतको शब्द रचना गायक रायमाझीको नै हो। राजकुमार मगरको सम्पादन तथा निर्देशन रहेको गीत सामाजिक विषयवस्तुका कारण सर्वाधिक रुचाइएको छ। ‘गीतमा भिना सालीलाई पात्र बनाएर हाम्रै समाजको विषयवस्तु चित्रण गरिएको छ ।

भिडियो हेर्नुस : 

प्रतिक्रिया दिनुहोस्