रंगखबर, काठमाडौँ – अभिनेता भुवन केसीलाई आफ्नो ‘सपनाको महानायक’ भनेर दर्शकको विरोध खेपेकी अभिनेत्री नीरुता सिंहले स्पष्टीकरण दिएकी छन् ।

उनले आफुले भुवन केसीलाई महानायक सम्बोधन नगरेर ‘आफ्नो सपनाको महानायक’ मात्र भनेको र यस कुरालाई गलत अर्थ्याइएको बताएकी छन् । साथै, उनले राजेश हमाललाई नै महानायक मान्ने बताउछिन ।
‘मलाई अचम्म लागेको अनि मैले बुझ्न नसकेको कुरा’ शिर्षक लेखि उनले ९ बुदामा स्पष्टिकरण दिएकी छन् ।
उनले उक्त स्टाटस राजेश हमाल फिल्ममा आउनु पुर्वको कुरा स्मरण गरेर लेखेको पनि बताएकी छन् । ‘ मैले मेरो स्टाटसमा आजको कुरा लेखेको हैन , मैले त्यो बेलाको कुरा लेखेको हो जुन बेलामा राजेश दाईले पनि नेपाली चलचित्र जगतमा पाइला राखेको थिएन । जुन बेलामा मैले भुवन केसीको सिल्वर जुवली चलचित्र ‘कुसूमे रुमाल’, ‘सम्झना’, ‘साईनो’लगायत अन्य चलचित्रहरू हेरेको थिएँ ।’
उनि आफ्नो लागि राजेश मात्र नभएर भुवन केसी, शिव श्रेष्ठ, हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, नीर शाहलगायतका कलाकारहरु महानायक भएको पनि बताउछिन । यस्तै भुवन चन्द, बसुन्धरा भुषाल, करिश्मा मानन्धर, गौरी मल्ल, मिथिला शर्मालाई महानायिका भनेकी छन् ।
फिल्म पाउनलाई भुवन केसीको चम्चागिरी गरेकी भन्नेहरुलाई, यो समयमा आएर आफुलाई कसैको चम्चागिरी गर्नु नपरेको बताउछिन । ‘यो क्षेत्रमा मेरो जीवनको अमुल्य २७ वर्ष योगदान दिएर अहिले टाढा भएकी छु । त्यसैले मलाई कामको लागि कसैको चम्चागिरी गर्नुछैन । मेरो लागि समझदार ,माननीय, पूजनीय अनि ढोगनिय १ जना मात्र दर्शक भए पुग्छ ।
साथै, नीरुताले अन्त्यमा कोरोना महामारीको समयमा ‘महानायक’ शिर्षकको विषयमा समय खेर नफाल्न आग्रह गरेकी छन्
नीरुताको पुरा स्पष्टिकरण:-